भयावह बन्दै कोरोना मृत्यु : एकैदिन ८ जनाको ज्यान गयो

सफल खबर संवाददाता

बुधबार, २८ साउन २०७७, १६ : ४७

काठमाडौं । नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृत्यु हुनेमा काठमाडौंकी ७८ वर्षीया महिला, धादिङका ३२ वर्षीय पुरुष, धनुषाका ७१ वर्षीय पुरुष,  धनुषाकी ३८ वर्षीया महिला, सप्तरीका ७२ वर्षीय पुरुष, मोरङका ५५ वर्षीय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष, बाराका ७५ वर्षीय पुरुष रहेका छन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ९१ पुगेको छ । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । जसमध्ये १६ हजार ७२८ जना निको भएर घर फर्किएका छन् ।