थप ६४ जना कोरोना संक्रमित घर फर्किए, निको हुनेको संख्या १६ हजार ७२८ पुग्यो

सफल खबर संवाददाता

बुधबार, २८ साउन २०७७, १६ : २६

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६४ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १६ हजार ७२८  पुगेको छ ।