पत्रकार गणेश चौधरीमाथि आक्रमण गर्नेहरुलाई कारवाही गर्न माग

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, १७ : ४०
पत्रकार गणेश चौधरीमाथि आक्रमण गर्नेहरुलाई कारवाही गर्न माग

काठमाडौं । थारु पत्रकार संघ नेपालका सल्लाहकार एवम् कान्तिपुर दैनिकका टिकापुर संवाददाता गणेश चौधरीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति थारु पत्रकार संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कैलालीको जानकी गाउ“पालिका वडा नंं ६ मा साउन २६ गते बेलुकी रिर्पाेटिङको क्रममा पत्रकार चौधरीमाथि पा“च जनाको समुहले आक्रमण गरी घाइते बनाएका थिए । 

उपचाररत पत्रकार चौधरीको स्वास्थ्य लाभको कामना गर्दै घटनामा संलग्न भएकाहरुलाई कानुनी कारवाही गर्न संघका महासचिव सन्तकुमार चौधरीद्वारा जारी विज्ञप्तिमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस