अन्तर्राष्ट्रिय सीमा नाका भदौ ३१ सम्म बन्द रहने

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, १७ : ३०
अन्तर्राष्ट्रिय सीमा नाका भदौ ३१ सम्म बन्द रहने

काठमाडौं । नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रि प्रवेश बिन्दु तथा सीमानाका आगामी भदौ ३१ गतेसम्मका लागि बन्द गरिएको छ । यसअघि सरकारले साउन ३१ सम्म यो कायम हुनेगरी निर्णय गरेकोमा अहिले फेरि समय बढाएर भदौ ३१ सम्म पुर्याइएको हो । 

मंगलबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना र अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । 

स्वदेश आउनै पर्ने नेपालीको लागि भने तोकिएको प्रवेश बिन्दुबाट प्रवेश दिने र ढुवानी पनि कायमै रहने छ ।

यस्तै सरकारले  भारतबाट नेपाल प्रवेश गर्न चाहने नेपालीको लागि १० वटा सीमा नाकामात्रै खुला गरेको छ । काँडडभिट्टा, रानी नाका मोरङ, मार्डर नाका सिरहा, गौर नाका, वीरगन्ज, बेहलिया, कृष्णनर, जमुनाहा, गौरिफन्टा र गड्डाचौकी नाकामात्र खुला गरिएको छ ।