भारतसँगको १० वटा सीमा नाकामात्रै खुला गर्ने सरकारको निर्णय

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, १७ : २१
भारतसँगको १० वटा सीमा नाकामात्रै खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले भारतबाट नेपाल प्रवेश गर्न चाहने नेपालीको लागि १० वटा सीमा नाकामात्रै खुला गरेको छ । 

यसअघि जेठ १२ गतेको मन्त्रिपरिषद्का बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएकोमा अहिले घटाएर १० वटा सीमा नाका कायम गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । 

उनका अनुसार काँडडभिट्टा, रानी नाका मोरङ, मार्डर नाका सिरहा, गौर नाका, वीरगन्ज, बेहलिया, कृष्णनर, जमुनाहा, गौरिफन्टा र गड्डाचौकी नाकामात्र खुला गरिएको छ ।