थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८३ पुग्यो

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, १६ : ४९

काठमाडौं । नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला र सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८३ पुगेको छ । यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । जसमध्ये १६ हजार ६६४ जना निको भएर घर फर्किएका छन् ।