थप १७१ जना कोरोना संक्रमित घर फर्किए, निको हुनेको संख्या १६ हजार ६६४ पुग्यो

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, १६ : २९

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १७१ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ ।