सांसद प्रदीप यादव कोरोनामुक्त

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, १५ : ४६
सांसद प्रदीप यादव कोरोनामुक्त

पर्सा । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् । उनलाई साउन १६ गते संक्रमण पुष्टि भएको थियो । उनले १२ दिनमा कारोनालाई जित्न सफल भएका छन् । 

उनी वीरगन्जस्थित आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका थिए । यादवका अनुसार सोमबार पुनः परीक्षणका लागि स्वाब पठाइएकोमा मंगलबार कोरोना नेगेटिभ रहेको रिपोर्ट आएको छ। 

यादवका अनुसार साउन १४ मा उनलाई खोकी लागेको थियो । खोकी केही कम भएपछि १५ गते ज्वरो आयो । साउन १६ को बिहानै नारायणी अस्पताल पुगेर स्वाब दिएका उनलाई सोही सोही राति पौने १० बजे रिपोर्ट आउँदा कोरोना देखिएको थियो । 

प्रतिक्रिया दिनुहोस