श्रीकृष्ण भगवानको जीवन अनुभवबाट प्रेरणा लिऊँ : अध्यक्ष राणा

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, १४ : ३३
श्रीकृष्ण भगवानको जीवन अनुभवबाट प्रेरणा लिऊँ : अध्यक्ष राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले श्रीकृष्ण भगवानको जीवन अनुभवबाट प्रेरणा लिएर महामारी, सुशासन, भ्रष्टाचार, नैतिकताका प्रश्नलाई जित्नु पर्ने बताएका छन् ।

कृष्ण जन्माष्टीको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले भगवान श्रीकृष्णले जीवनमा अनेक दुःख पिडा सहर्ष पार गरेको यथार्थ मनन् गर्दै विद्यमान बेथिती सम्बोधन गर्नु पर्नेमा जोड दिए ।

‘विमुक्त बालक, चिरजीवी प्रेमी, बीर योद्धा, चतुर राजनेता, उच्चकोटीका योगी सबै हुन् भगवान श्रीकृष्ण । जीवनकालमा उनले यथेष्ठ उतारचढाव, चुनौति, चिन्ता सहर्ष पार गरे,’ उनले सन्देशमा मंगलबार भने ।

‘महामारी, सुशासन, भ्रष्टाचार, नैतिकताका प्रश्न उठीरहँदा कृष्ण जन्माष्टमीको पावन दिन हामीलाई प्रेरणा, बल मिलोस् । शुभकामना,’ राणाले भने ।

प्रतिक्रिया दिनुहोस