प्रहरीद्वारा गोँगबु हत्याकाण्ड आरोपी सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, ११ : ५७
प्रहरीद्वारा गोँगबु हत्याकाण्ड आरोपी सार्वजनिक

काठमाडौँ । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोँगबु नवज्योति मार्गमा भएको हत्याकाण्ड आरोपीलाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ । 

रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी कल्पना  मुडभरी (पौडेल) लाई प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

हत्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छिन् । 

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ । उनकी छोरी हत्या पछि शव व्यवस्थापनमा संलग्न रहेको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो । हत्यापछि उनी एम्बुलेन्समार्फत् चितवन पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस