आजको मौसम : अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, ०७ : ५९
आजको मौसम : अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशका अधिकांश भूभागमाको मौसममा सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  जनाएको छ ।

गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत हुनसक्ने सम्भावना मौसमविदले औंल्याएका छन् । मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ ।

मंगलबार राति पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र प्रदेश नम्बर ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस