किस्ट अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८० पुग्यो

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, १८ : ५२

काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार काभ्रेको पाँचखाल निकासी ती महिला साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् भने उनको आज सोमबार बिहान ९ बजे मृत्यु भएको थियो । मृतकमा निमोनियका साथै छातीको समस्या देखिएको थियो भने उनको आज दिउँसो ४ बजेतिरमात्रै पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । उनको आईसीयूमा उपचार भइरहेको थियो ।

नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी थालेको अस्पतालले जनाएको छ । 

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।