नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७९ पुग्यो

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, १६ : ४३

काठमाडौं । नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृत्यु हुनेमा बाँकेकी ७० वर्षीय महिला, पर्साकी ४५ वर्षीय महिला, काठमाडौं बानेश्वरका ७६ वर्षीय पुरुष र काठमाडौं किर्तिपुरका ६४ वर्षीय पुरुष रहेका छन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७९ पुगेको छ । यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । जसमध्ये १६ हजार ४९३ जना निको भएर घर फर्किएका छन् ।