काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार थप ४४ जनामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३७, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार सोमबार देशभरिमा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले काठमाडौंका संक्रमित नाम ठेगाना खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ साउन २०७७, १६ : ३४
लेखकबाट थप