सुटकेशमा फेला परेको शवको सनाखत

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, १६ : १८
सुटकेशमा फेला परेको शवको सनाखत

काठमाडौं । टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको छ ।

सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ । 

आइतबार बिहान ७ बजे गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अपराध महाशाखा र काठमाडौं प्रहरीले हत्याबारे अनुसन्धान गरिरहेको छ।  

प्रतिक्रिया दिनुहोस