धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना पुष्टि

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, १६ : ०८
धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना पुष्टि

file photo

जनकपुरधाम । धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनको शनिबार राति मृत्यु भएको थियो ।

विदामा घर गएको बखत बिरामी भएका उनलाई एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको थियो ।

धनुषाकै शहीद नगरपालिका ८ का ५० वर्षीय पुरुषमा भने संक्रमण पुष्टि भएको छैन । उनको पनि शनिबार राति नै मृत्यु भएको थियो ।