काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ दिनहुँ उकालो लागेपछि नेपालमा सुनको व्यवसायी सङ्कटमा पर्न थालेका छन् । सामान्य अवस्था दैनिक १० देखि २० किलोभन्दा बढी र तीज, दशैँ, तिहार तथा विवाहका सिजनमा ३० देखि ४० किलोसम्मको व्यापार हुने गरेकोमा कोरोनाको सङ्क्रमण र मूल्य वृद्धिसँग कारोबार ठप्प जस्तै छ ।
सुनको मूल्य बढेपछि किन्नेभन्दा बढी बेच्ने होलान् भन्ने व्यवसायीको अपेक्षा भए पनि खासै बिक्रेता पनि नआएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर वज्राचार्यले बताए । उनले भने, “नेपालमा ढिक्का सुनभन्दा पनि गहना बनाएर राख्ने प्रचलन रहेकाले मूल्य निरन्तर बढिरहँदा उपभोक्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । ”
खासमा सामान्य ग्राहकको सुनप्रतिको आकर्षण अहिले सुनको बढ्दो भाउ बुभ्mदै आश्चर्य प्रकट गर्नु मात्र रहेको पाइन्छ । ग्राहकले मूल्य बढेका आधारमा सुन बिक्री गर्न जाँदा व्यवसायीले करिब पाँच प्रतिशतसम्म रिफाइनरी चार्ज ९ज्याला जर्ती० भनेर कट्टी गर्ने आपसी समझदारी गरेका छन् । सामान्य अवस्थामा भने यो दुईदेखि तीन प्रतिशत मात्र रहन्थ्यो । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २६ साउन २०७७, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
साढे १४ हजारले बढ्यो आज सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
तोलामा ३७ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?