अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघ्यो

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०७७, २१ : ४५
अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख  नाघ्यो

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ ।  जोन हप्किन्स विश्वविद्यालयले संक्रमितको आँकडा ५० लाख नाघेको पुष्टि आइतबार गरेको हो । 

आइतबारमात्रै ५६ हजारभन्दा बढी नयाँ व्यक्तिमा संक्रमण पुुुष्टि भएको छ । आइतबार ज्यान गुमाउनेको संख्या १ हजारभन्दा धेरै छ । कोरोनाबाट सर्वाधिक प्रभावित देश अमेरिकामा कोरोनाका कारण अहिलेसम्म १ लाख ६२ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । 

जोन हप्किन्सका अनुसार आइतबारसम्म ब्राजिलमा ज्यान गुुमाउनेको संख्या १ लाख नाघेको छ । ब्राजिलमा ३० लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ ।

यससँगै विश्वभर संक्रमित हुनेको संख्या पनि २ करोड नजिक छ । विज्ञहरुका अनुसार पर्यात चेकजाँच नहुँदा ठूलो संख्यामा संक्रमितको संख्या अझै पुष्टि हुन बाँकी छ ।