सुनको मूल्य घट्यो, चाँदीको हालसम्मकै उच्च

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०७७, १३ : १७
सुनको मूल्य घट्यो, चाँदीको हालसम्मकै उच्च

काठमाडौँ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला एक लाख तीन हजार पाँच सय कारोबार मूल्य तोकिएको सुनको भाउ आईतबार एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको हो ।

झण्डै दुई सातादेखि निरन्तर बढेर ऐतिहासिक मूल्य कायम भएको सुनको भाउमा आईतबार समान्य गिरावट आएको हो । आइतबारकालागि महासंघको तेजावी सुनको भाउ १ लाख २ हजार एक सय रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य हालसम्मकै उच्च कायम भएको छ । चाँदीको भाउ पाँच रुपैयाँ प्रतितोलामा बढेर १४ सय १० रुपैयाँ पुगेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य १४ सय ५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस