पोखरामा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०७७, ०८ : १५
पोखरामा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु

फाइल फोटो

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमितको गएराति मृत्यु भएको छ ।

गत साउन १७ गते संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना भएका पुरुषको गएराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको गण्डकी अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए । मृतक पोखरा महानगरपालिका वडा नम्बर १९ का स्थायी बासिन्दा ६२ वर्षीय पुरुष हुन् ।  कोरोना संक्रमणबाट नेपालभर मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस