काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मोसमविदले बताएका छन्। देशका अधिकांश भूभागहरुमा सामान्य देखि पूर्ण बदली रही प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिमका केही स्थानहरुमा भारी वर्षा हुने मौसमविदले जनाएका छन् । आइतबार राति पनि देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नम्बर १, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नम्बर २ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ साउन २०७७, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : कहाँ-कहाँ छ धेरै वर्षाको सम्भावना ?
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना