काठमाडौं । रुपन्देही, चितवन र सप्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिका-४ छिपागडस्थित सडकमा लु.२ च ६७५६ नम्बरको कार सडकबाट १० मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा कारमा सवार सिद्धार्थनगर नगरपालिका-४ बस्ने २७ बर्षीय देवेन्द्र चौधरी समेत ३ जनाको मृत्यु भएको छ ।
दुर्घटना परी गम्भीर घाइते भएका उनीहरुको भिम अस्पताल भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार ओमसतिया गाउँपालिका-४ बस्ने ३४ बर्षीय अनिल यादवलाई भिम अस्पताल हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको छ ।
यसैगरी चितवनको कालिका नगरपालिका-२ भट्ट चोकमा ना.३० प ५४९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८० वर्षीय बुद्धिमान दराईको शुक्रबार साँझ मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएको उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका-१ स्थित सडकमा पनि स. १० प ८४९८ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ३५ बर्षीय देवनाथ यादवको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-७ बस्ने २६ बर्षीय अमृत चौधरीलाई उपचारको लागि युनिक अस्पताल रुपनी पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ साउन २०७७, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते