नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७३ पुग्यो

सफल खबर संवाददाता

शनिबार, २४ साउन २०७७, १६ : ३३

काठमाडौं । नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृत्यु हुनेमा पर्साका पर्साका ७४ वर्षीय पुरुष, मोरङका ५८ वर्षीय पुरुष र काठमाडौंका ४१ वर्षीय महिला रहेकी छिन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । जसमध्ये १६ हजार ३१३ जना निको भएर घर फर्किएका छन् ।