थप ४९९ जना कोरोना संक्रमित घर फर्किए, निको हुनेको संख्या १६ हजार ३१३ पुग्यो

सफल खबर संवाददाता

शनिबार, २४ साउन २०७७, १६ : १९

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४९९ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १६ हजार ३१३ पुगेको छ ।