काठमाडौं । हात्तीको दाह्रासहित प्रहरीले आज काठमाडौँको सुकेधाराबाट तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर घर भई काठमाडाँै कपन बस्ने २८ वर्षीय रुद्र लिम्बु, सिन्धुपाल्चोक घर भई सोही ठाउँ बस्ने २५ वर्षीय हरि कार्की र गोरखा घर भई काठमाडाँै सामाखुसी बस्ने २२ वर्षीय सुबोध देवकोटा रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
आज अपराह्न १ः३० बजे काठमाडौँ महानगरपालिका–४ सुकेधारामा हात्तीको दाह्राको खरिद बिक्री हँुदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट १० इञ्च लामो हात्तीको दाह्रा बरामद गरिएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २३ साउन २०७७, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ