काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई श्रीलङ्कन पिपल्स पार्टी संसदीय निर्वाचनमा भारी मतले विजयी भएकामा बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल सरकार तथा नेपाली जनताका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र आफ्नातर्फबाट प्रधानमन्त्री राजपाक्षलाई टेलिफोन गरेर बधाई ज्ञापन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुवै देशका प्रधानमन्त्रीले पारस्परिक सम्बन्ध सुमधुर रहेकामा प्रसन्नता व्यक्त गर्दै भावी दिनमा त्यसलाई अझ सुदृढ बनाउने इच्छा दोहो¥याएका थिए । टेलिफोन वार्ताका क्रममा उनीहरुले कोभिड–१९ विरुद्धका राष्ट्रिय अनुभव र दुवै देशका सरकारले त्यसका कारण उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न गरेका प्रयास र अनुभव आदानप्रदान गरेका थिए ।
परिस्थिति सामान्य बनेपछि उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिने अभिलाषा पनि प्रधानमन्त्रीद्वयले व्यक्त गरेका थिए । भूकम्पपछि दुई सांस्कृतिकस्थलको पुनःनिर्माणका निम्ति सहयोग गरेकामा श्रीलङ्का सरकारप्रति प्रधानमन्त्री ओलीले आभार व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २३ साउन २०७७, १७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली
यस्तो छ एमालेले चाहेको नेपाली विशेषताको समाजवाद (दस्ताबेज)
चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली