नेपालमा भयावह बन्दै कोरोना : आज पनि ५ जना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०७७, १६ : ४७

काठमाडौं । नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृत्यु हुनेमा पर्साका ४५, ७९ र ५७ गरी तीनजना पुरुष, सिरहाका २५ वर्षीय पुरुष, सर्लाहीका ४५ वर्षीय पुरुष रहेका छन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७० पुगेको छ । यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । जसमध्ये १५ हजार ८१४ जना निको भएर घर फर्किएका छन् ।