थप ४६४ जना संक्रमित भेटिए, कुल संक्रमितको संख्या २२ हजार २१४ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०७७, १६ : ३१

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । जसमध्ये १५ हजार ८१४ जना निको भएर घर फर्किएका छन् ।