झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ टुक्रेस्थित नयाँ बस्तीका ५८ वर्षीय रोहित रेग्मी रहेको प्रहरीले जनाएको छ ।
छिमेकी जिल्ला इलामको चुलाचुलीस्थित जंगल क्षेत्रबाट आएको हात्तीले शुक्रबार बिहान ४ बजेतिर रेग्मीलाई कुल्चिएर मारेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । रेग्मीको घटनास्थलमै मृत्यु भएको थियो । हात्तीले उनको टिनको छाना र बाँसको टाटीबेरा भएको घरसमेत भत्काएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ साउन २०७७, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’