भारतमा कोभिड–१९ सङ्क्रमितको संङ्ख्या १८ लाख नाघ्यो

एजेन्सी

सोमबार, १९ साउन २०७७, १२ : १३
भारतमा कोभिड–१९ सङ्क्रमितको संङ्ख्या १८ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको सोमबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ३ हजार ६९६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार १३५ जना पुगेको छ । सरकारी अधिकारीका भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये एघार लाख ८६ हजार २०३ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ७९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ८४३ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ५७६ व्यक्तिको मृत्यु भइसकेको छ ।  महाराष्ट्र कुल चार लाख ४१ हजार २२८ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको थियो । 

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ९६२ सङ्क्रमित अवस्थामा रहेका छन् भने चार हजार १३२ जनाको मृत्यु भएको छ । 

राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा दश हजार ३५६ जना सङ्क्रमित अवस्थामा रहेका र चार हजार ४० जनाको मृत्यु भइसेकेको छ । दिल्लीमा एक लाख २३ हजार ३१७ व्यक्ति  कोरोना मुक्त भएका छन् । (रासस/एएनआइ)