रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हीराबहादुर बुढाथोकी रहेका छन् ।
सोही ठाउँका २४ वर्षीय ईश्वर बस्नेतले छिमेकी गाउँका टेकबहादुर बुढालाई गोठबाट घर फर्कँदै गर्दा शनिबार राति लुटेको आरोपमा कुटपिट गर्दा उनको मुत्यु भएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।आरोपित बस्नेतले रु पाँच हजार र घडी लुटेको टेकबहादुर बस्नेतले बताएका छन् ।
इलाका प्रहरी कार्यालय होलेरीका अनुसार कुटपिटमै संलग्न बस्नेतलाई डव्रिङ स्वास्थ्यचौकीले सिफारिस गरेपछि थप उपचारमा लाने क्रममा शनिबार मृत्यु भएको थियो । घटनाकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ साउन २०७७, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या