महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको र उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको बताए । “गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ’, प्रवक्ता थापाले भने, ‘घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।’
प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ । प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ । सोधपुछका लागि प्रहरीले उनका छोरासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १७ साउन २०७७, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलाममा छुरा हानेर दाइको हत्या, भाइ घाइते
भिनाजुले गोली हानेर गरे सालीको हत्या
अंश विवादमा देवरद्वारा भाउजूको हत्या
भोजपुरमा ४ जनाको सामूहिक हत्या
बारामा श्रीमानद्वारा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
ज्वाइँले गरे ससुराको हत्या