Safal Khabar - पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
शुक्रबार, ३० साउन २०७७ (Friday, 14 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
शनिबार, १७ साउन २०७७, ०७ : ४९
पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
फाइल तस्विर

काठमाडौं । पहिरा खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरा झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरा खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । राजमार्ग दुईतर्फी बनाउन पहिरा पन्छ्याउने काम भइरहेको छ । 

Yeti Diistillery
Tansen Cement box

प्रतिक्रिया दिनुहोस