विराटनगरमा गरियो दुई साता लकडाउन

पत्रपत्रिकाबाट

शनिबार, १७ साउन २०७७, ०७ : १४
विराटनगरमा गरियो दुई साता लकडाउन

काठमाडौँ । संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगर क्षेत्रमा शुक्रबार राति १२ बजेबाट दुई साताका लागि लकडाउन गरिएको छ । महानगरपालिकाले प्रदेश सरकार र स्थानीय प्रशासनको समन्वयमा लकडाउन घोषणा गरेको हो ।

 ‘कडाइका साथ लकडाउन पालना गराउन र सीमा क्षेत्रमा लुकीछिपी ओहोरदोहोर गर्नेलाई निषेध गर्न स्थानीय प्रशासनसँग समन्वय गरिएको छ,’ महानगरकी उपप्रमुख इन्दिरा कार्कीले भनिन् ।

महानगरले लकडाउनका बेला पीसीआर परीक्षणको दायरा बढाउने र क्वारेन्टाइनको संख्या थप्ने निर्णय गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले लकडाउन अवधिभर अत्यावश्यक कामबाहेक कसैले पनि घरबाहिर निस्किन नमिल्ने, अत्यावश्यक सेवा र एकीकृत जाँच चौकीबाट आउनेबाहेकका सवारीसाधन चलाउन नपाइने बताए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस