पाटन अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, १६ साउन २०७७, १४ : ०३

काठमाडौँ । नेपालमा फेरि कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । 

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ। आइसियूमा उपचाररत उनको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । 

उनलाई गत साउन ६ गते अस्पताल भर्ना गरिएको थियो। उनमा निमोनियाको समस्या रहेको बताइएको छ । मृतकको शव  आजै सेनाले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ।


 

प्रतिक्रिया दिनुहोस