प्रहरी मुख्यालयमा थप २८ जना संक्रमित फेला, कूल संख्या ७२ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, १६ साउन २०७७, ११ : ५८
प्रहरी मुख्यालयमा थप २८ जना संक्रमित फेला, कूल संख्या ७२ पुग्यो

काठमाडौँ । प्रहरी प्रधान कार्यालय, नक्सालमा थप २८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ ।

संक्रमण देखिएका सबै जवानहरुलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ । सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो । 

प्रतिक्रिया दिनुहोस