वाग्मती । प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ । सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन् ।
यसअघि रु १२ हजार घुस सेवाग्राहीसँग लिएको आरोपमा प्रहरी निरीक्षक रामवालक राय यादवलाई कारवाही गरिएको थियो । निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी जवान अजय महतो र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान लक्ष्मणकुमार महतो रहेको छन् ।
प्रहरीको विशेष टोलीले उनीहरुलाई सवारी चालकसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । प्रदेश प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक विज्ञान कस्नेतको संयोजोकत्वमा तीन सदस्यीय छानविन समितिसमेत गठन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको कामलाई पारदर्र्शी र अनुशासित बनाउन विशेष अभियान शुरु गरेको सो कार्यालयका नायब महानिरीक्षक वसन्त लामाले बताए।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
२ सहायक हबलदारसहित १८ प्रहरी सम्पर्कबिहीन
१८ प्रहरी कर्मचारी सम्पर्कविहिन, ७ दिनभित्र हाजिर नभए कारबाही
विशेष अपरेसन सञ्चालनको तयारीमा नेपाल प्रहरी
भागेका कैदीबन्दीले गाउँमा बदला लिन सक्छन्, सचेत रहनू : प्रहरी
नेपाल प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)
प्रहरीलाई गृहमन्त्रीले भने - म अहिंसावादी हुँ, तपाईँहरू पनि त्यसैगरी पेश हुनुस्