धनगढी । कैलालीमा एक प्रहरी जवानको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान ३० वर्षीय सन्देशबहादुर चनाराको मृत्यु भएको हो ।
सोही कार्यालयको छतबाट खसेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कैलाली प्रहरीका प्रवक्ता एवं डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
सोमबार (फागुन २५) राति ११ करिब बजे चनारालाई अर्का सुरक्षाकर्मीले लडेको अवस्थामा भेटेका थिए । अस्पताल पुर्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
बझाङका बासिन्दा चनारा ६ महिनायता उक्त कार्यालयमा कार्यरत थिए । उनको मृत्यु घटनाका विषयमा थप छानबिन गर्न डीएसपी तिमिल्सिनाको संयोजकत्वमा समिति बनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ फागुन २०८२, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द