कुवेत जान नेपालीलाई प्रतिवन्ध

पत्रपत्रिकाबाट

शुक्रबार, १६ साउन २०७७, ०७ : २४
कुवेत जान नेपालीलाई प्रतिवन्ध

काठमाडौं । कुवेत सरकारले भोलिदेखि अन्तराष्टिय उडान शुरू गर्ने घोषणा गरेपनि नेपाल लगायतका देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेतले भारत, पाकिस्तान, श्रीलका, बगलादेश, इरान तथा फिलिपिन्सका बिमान तथा त्यहाका नागरिकलाई भने प्रवेश नदिने घोषणा गरेको छ ।

उसले अन्य देशका बिमान कम्पनी तथा नागरिकलाई भने प्रवेश दिने घोषणा गरेको बीबीसीले जनाएको छ । कुवेत सरकारले नेपाली नागरिकलाई प्रवेशमा प्रतिवन्ध लगाएकोमा नेपाल सरकारले अहिले सम्म औपचारिक प्रतिकृया सार्वजनिक गरेको छैन तर भारतले भने कुवेतको उक्त निर्णयलाई लिएर असन्तुष्टि जनाएको छ ।

भारतीय बिदेश मन्त्रालयले कुवेतको बिदेश मन्त्रालयसग समन्वय गर्ने घोषणा गर्दै उक्त निर्णय फिर्ता लिन कुवेत सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस