लियो क्लब र लायन्स क्लबद्वारा नारायणगढमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०७७, १८ : ३३
लियो क्लब र लायन्स क्लबद्वारा नारायणगढमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

- हिरालाल आचार्य ‘डायमण्ड’

चितवन । नारायणगढको लायन्स चोकमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

लियो क्लब अफ भरतपुर युथ र लायन्स क्लब अफ भरतपुर युथको संयुक्त आयोजनामा आज विहीबार लायन्सचोकमा रहेको फुड एण्ड मग क्याफे, बुमेरन इन्टरनेशनल एजुकेशन अगाडि रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ३१ जना पुरुष र ४ जना महिला गरी ३५ जनाले रक्तदान गरेका लियो क्लब अफ भरतपुर युथका अध्यक्ष लियो दिपेश ज्ञवालीले जानकारी दिए ।

प्रमुख अतिथि Lion multiple district 325-B2 का Director लायन दिनानाथ न्यौपाने, बिशिष्ट अतिथि leo district council 325B2 का VDP लियो अनिश लामिछाने र Nepal Red cross society चितवन जिल्लाका महामन्त्री हरि पौडेल रहेका कार्यक्रम लियो दिपेश ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस