रौतहट । रौतहटको सदरमुकाम गौरमा करेन्ट लागेर एक महिलासहित दुई चौपायाको मृत्यु भएको छ । गौरस्थित कबिर चोकमा बिहीबार बाटोमा विद्युतको पोल ढल्दा करेन्ट लागेर स्थानीय एक महिला र दुईवटा साँढेको मृत्यु भएको हो ।
स्थानीय पत्रकार आरएन साहकाअनुसार बिहान ७ बजे वर्षासँगै आएको हावाहुरीले कबिर चोकमा एउटा विद्युतको पोल ढलेको थियो । पोल ढल्दा सोही स्थानमा रहेको एउटा साँढेको शरीरमा विद्युतको तारले छोएपछि करेन्ट लागेर घटनास्थलमै उक्त साँढेको मृत्यु भएको थियो ।
नजिकै रहेको अर्को साँढे पनि सो स्थानमा पुग्दा उसलाई पनि करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको पत्रकार साहले बताए । सोही समय घरबाट बजारतर्फ गइरहेकी गौर नगरपालिका–४ की ७० वर्षीय शान्तिदेवीले भुइँमा लत्रिएको विद्युतको तारमा टेक्दा उनलाई पनि करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी शान्तिदेवीको उपचारको क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ साउन २०७७, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु