कोरोना निको हुनेको संख्या १४ हजार नाघ्यो

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०७७, १६ : २२

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १४६ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १४ हजार २१ पुगेको छ । जुन जम्मा संक्रमितको ७२.७ प्रतिशत हो ।