सुनसहित चाँदी र पेस्तोल बरामद भएको प्रकरणमा छानबिन समिति गठन

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०७७, १४ : ३३
सुनसहित चाँदी र पेस्तोल बरामद भएको प्रकरणमा छानबिन समिति गठन

काठमाडौं । राजधानीको कमलादीबाट आधा किलो सुनसहित चाँदी र पेस्तोल बरामद भएको प्रकरणमा प्रश्न उठेपछि प्रहरीले छानबिन समिति गठन गरेको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । 

छानबिन समितिमा महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी किरण बज्राचार्य, एसपी सामेन्द्र सिंह राठोर, अपराध महाशाखाका डीएसपी दुर्गा दाहाल र परिसरका राजकुमार केसी रहेका छन् । 

प्रहरी चेकजाँचका क्रममा सामान बरामद भएपनि गाडी कसरी फुत्किन सफल भयो भन्नेबारे छानबिन गरेर यथार्थ विवरण बाहिर ल्याउन समितिलाई कार्यादेश दिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस