काठमाडौं । प्रहरीकै अगाडि हातहतियार फ्याकेर भाग्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल भएको छ ।
सवारी जाँच गर्ने क्रममा काठमाडौँको कमलादीमा आज बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले गाडीको पिछा गरेको थियो । त्यसपछि बाटोमै कपडाको झोला फ्याँकेर गाडी भाग्यो । त्यो गाडी कहाँ गयो भन्ने कुरा प्रहरीले साँझसम्म पत्ता लगाउन सकेको छैन ।
उनीहरुले फ्याँकेको झोला हेर्दा दुई थान म्याग्जिनसहित पेस्तोल र एक किलोका ८ थान, २५० ग्राम लेखिएको २६ थान र ५०० ग्राम लेखिएको एक थान पहेँलो धातु प्रहरीले बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।
गाडीको कुन खालको कस्तो गिरोह थियो भन्नेसमेत प्रहरीले सुईको पाउन सकेको छैन । काठमाडौँको कमलादीस्थित कृष्णपाउरोटी चोक नजिक उक्त घटना भएको हो । गाडीसहित फरार व्यक्ति र उक्त नम्बरको गाडीको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । ज्ञावालीले प्रहरीले पिछा गर्दागर्दै कसरी भाग्न सफल भयो भन्ने विषमया पनि अनुसन्धान थालिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १३ साउन २०७७, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
दुई हजार एक सय किलो गाँजासहित तीनजना पक्राउ
१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
लागू औषध नाईट्राभेट २७० ट्याब्लेट र डाईजेपाम ४८ एम्पुलसहित एक जना पक्राउ
इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एक जना पक्राउ
गोप्य भिडियो खिचेर बार्गेनिङ गर्ने २ जना पक्राउ