चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार उपचारका क्रममा अन्दाजी ३१ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ४ ख ४१५५ नम्बरको ट्रकले विपरीत दिशातर्फ गइरहेको ना ४७ प ६१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकलाई नियन्त्रणमा लिइएको र चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ साउन २०७७, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ जना घाइते
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु