ग्यांस बोकेको ट्यांकर पल्टिदा अबरुद्ध दाउन्ने सडक एकतर्फी संचालन

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०७७, ०७ : १४
ग्यांस बोकेको ट्यांकर पल्टिदा अबरुद्ध दाउन्ने सडक एकतर्फी संचालन

फाइल तस्विर

नारायण शर्मा
नवलपरासी । नवलपरासीको दाउन्ने डाडामा ग्यास बोकेको भारतीय टं्याकर पल्टिदा अबरुद्ध रहेको महेन्द्रराजमार्गको यातायात गएराति १ बजेवाट एकतर्फी सूचारु भएको छ । दाउन्ने स्थित विश्वकर्मा बाबाको मन्दिर नजिक राजमार्गमा भारतवाट ग्यास लिएर आउदै गरेको ठुलो ट्यांकर पल्टिदा हिजोराति (सोमवार) ७ बजेवाट महेन्द्रराजमार्गको यातायात दाउन्नेमा अबरुद्ध रहेको थियो । 

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका अनुसार टयांकरबाट ग्यास लिक भएका कारण सुरक्षा दिएर राजमार्गको यातायात अबरुद्ध पारिएपनि प्राबिधिक खटाएर पल्टिएको ट्यांकर सारेर एकतर्फी यातायात सूचारु बनाइएको हो ।  

भारतबाट नवलपरासीकै गैडाकोट स्थित जानकी ग्यास कम्पनीको लागि ग्यास ल्याउदै गरेको आर जे ०४ जीबी १७४५ भारतीय ट्यांकर दुर्घटनामा परेको हो । 

प्रतिक्रिया दिनुहोस