कालापानी र लिम्पियाधुरामा नेपालीलाई प्रवेश नदिन भारतले पठायो पत्र

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०७७, १४ : ४३
कालापानी र लिम्पियाधुरामा नेपालीलाई प्रवेश नदिन भारतले पठायो पत्र

काठमाडौं । नेपाली भूमि कालापानीदेखि लिम्पियाधुरासम्मको क्षेत्रमा नेपालीलाई नै प्रवेश नदिन भारतले पत्र पठाएको छ ।  गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न पत्र पठाएको
हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएर भारतीय भूमि कालापानी, लिम्पियाधुरामा नेपालीलाई प्रवेश दिन रोक लगाउ भनेर भारतले पत्र पठाएको छ । 

भारतको धार्चुला प्रशासनले नेपालस्थित दार्चुला जिल्ला प्रशासन कार्यालयलाई जुलाई १४ मा  पत्र पठाएको हो । 

पत्रमा विभिन्न नेपाली समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहने र मिडियामार्फत आफ्नो ध्यान तान्न उद्यत भएको भन्दै त्यस्ता समूहलाई प्रवेश नदिन नेपाललाई भनेको छ । 

भारतले पठाएको पत्र 

प्रतिक्रिया दिनुहोस