काठमाडौं । रुकुमपूर्व जिल्लामा लागु औषध अफिमसहित तीन जना पक्राउ परेका छन् । नौ किलो १०० ग्राम अफिमसहित पुथाउत्तरगंगा गाउँपालिकाका एक पुरुष र दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका ४० वर्षीय अमरजित पुन, सोही ठाउँकी ३४ वर्षीया प्रतिभा पुन र वडा नं ५ हुकामकी ३५ वर्षीया गाइने कामी रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक गजुसिद्धी बज्राचार्यले बताउनुभयो ।
अफिम ओसारपसार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिनेश गुरुङको नेतृत्वमा खटिएको प्रहरी टोलीले अफिमसहित उनीहरुलाई पक्राउ गरेको हो । पुथाउत्तरगङ्गा गाउँपालिका–१२ ओखमा भल्का नयाँ बजारदेखि जामाबगर जाने कच्ची सडकबाट ९ गते साँझ उनीहरुलाई पक्राउ गरिएको आज पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ ।
यस्तै उनीहरुको साथबाट अवैध लागु औषध नापतौल गर्न प्रयोग हुने एक थान डिजिटल तराजुसमेत बरामद गरिएको प्रनाउ बज्राचार्यले बताउनुभयो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो चरणमा सरकारी सवारी साधनमासमेत लागु औषध ओसारपसार भइरहेको जानकारी प्रहरीमा आएको भन्दै त्यसमाथि पनि शुक्ष्म निगरानी राखिरहेको उहाँकोको भनाइ छ । लागु औषधको ओसारपसारमा संलग्न हुने जुनसुकैलाई पनि प्रहरीले कारवाही गर्ने भन्दै त्यस्ता क्रियाकलापमा संलग्न नहुन प्रहरीले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ११ साउन २०७७, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ