झापा । झापाको मेचीनगर–२ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यकोे हत्या आरोपमा संलग्न एक युवा पक्राउ परेका छन् । आचार्यमाथि उनकै पसलमा शुक्रबार धारिलो हतियार प्रहार भएको थियो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार शुक्रबार अपराह्न ४ बजेतिर भारी वर्षा भइरहेको अवस्थामा पसलमा बसिरहेका आचार्यमाथि धारिलो हतियार (दाउ) प्रहार गरी अभियुक्त भागेका थिए ।
आक्रमणमा गम्भीर घाइते हुनुभएका आचार्यलाई विर्तामोडको बिएन्डसी हस्पिटल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । घटना भएको सूचना पाएलगत्तै प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको पोखरेलले बताए । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० साउन २०७७, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ