झापा । झापाको मेचीनगर–२ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यकोे हत्या आरोपमा संलग्न एक युवा पक्राउ परेका छन् । आचार्यमाथि उनकै पसलमा शुक्रबार धारिलो हतियार प्रहार भएको थियो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार शुक्रबार अपराह्न ४ बजेतिर भारी वर्षा भइरहेको अवस्थामा पसलमा बसिरहेका आचार्यमाथि धारिलो हतियार (दाउ) प्रहार गरी अभियुक्त भागेका थिए ।
आक्रमणमा गम्भीर घाइते हुनुभएका आचार्यलाई विर्तामोडको बिएन्डसी हस्पिटल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । घटना भएको सूचना पाएलगत्तै प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको पोखरेलले बताए । घटनाको थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० साउन २०७७, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ लाखसहित ३ क्रिप्टो कारोबारी पक्राउ
स्लोभाकिया र सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
ठमेलबाट सुनसहित २ चिनियाँ नागरिक पक्राउ
हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
सार्वजनिक पार्क भत्काएको आरोपमा दुईजना पक्राउ