एजेन्सी । फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले जितेको छ । शुक्रबार राति भएको फाइनल प्रतिष्पर्धामा मा १० खेलाडीमा सीमित भएको सेन्ट–इटिएनलाई १–० ले पराजित गरेर पिएसजीले उपाधि जितेको हो ।
घरेलु मैदानमा भएको खेलमा नेइमारले १४ औँ मिनेटमा गरेको गोल नै पिएसजीलाई उपाधि दिलाउन पर्याप्त भयो । ३१ औँ मिनेटमा लोइक पेरिनले सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि सेन्ट–इटिएन १० खेलाडीमा सीमित भयो ।
पिएसजीले १३ औँ पटक कपको उपाधि जितेको हो । यो खेलका लागि रंगशालामा केही दर्शकलाई उपस्थित हुन स्वीकृति दिइएको थियो । गएको अप्रिलमा कोरोना भाइरसको महामारीका कारण लिग टुंगिएपछि फ्रान्समा भएको यो पहिलो खेल हो । यो खेलमा केलियन एमबाप्पे चोटग्रस्त भएर मैदानबाट बाहिरिन बाध्य भए। चोटगं्रस्तबाट रुँदै मैदानबाट बाहिरिएका एमबाप्पेलाई उपाधिको खुशीले दिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १० साउन २०७७, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज
म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा
फिल्म पर्यटनका लागि हिमालमा फुटबल खेल्दै सेलेब्रेटीहरु
फुटबलर विमल घर्ती मगर बाँधिए वैवाहिक बन्धनमा
संकटाको युवा टिमले मोरक्कोमा फुटबल प्रतियोगिता खेल्ने
महिला फुटबल टोली आज बंगलादेश जाने